'षडङ्ग' सार्वजानिक

Wednesday, 02.25.2015, 11:12pm (GMT6.5)

काठमाडौ, १३ फागुन ०७१

सुरज सुनुवारकाे नेपाली कथानक चलचित्र ' षडङ्ग ' आज सार्वजानिक भएको छ। काठमाडौँको राइजिङ्ग मलको क्युज सिनेमा हलमा एक प्रेसमिट गरी सार्वजानिक गरेको हो । कार्यक्रमको सुवातमा चलचित्रको ट्रेलर र गीत देखाइएको थियो ।सुरज सुनुवारले सबै कलाकार, प्राविधिकहरू तथा उपस्थित पत्रकारलार्इ धन्यवाद दिदै हरेक क्षेत्रमा चलखेल राजनीति हुने र गुण्डागर्दि हुने भएकोले चलचित्रको नाम षडङ्ग जुरेको उल्लेख गर्नुभयो । यस्तै अहिले नेपाली चलचित्रमा गुण्डागर्दि चलचित्र धेरै बनि रहेका छन् तपार्इको चलचित्रमा खास के फरक छ ? भन्ने एक प्रश्नमा सुनुवारले आफु बच्चा देखि नै यस्ता चलचित्र मन पराउने र भिडियो सम्बन्धी केहि कुरामा ज्ञान भएको बताउँदै गुण्डागर्दि सम्बन्धि बनेका चलचित्रहरूको एकै खाले शैलीहुने तर षडङ्गमा केहि मिश्रितखाले सन्दर्भ रहेको बताउनु भयो । यस्तै चलचित्रको लगानीका बारेमा अन्य नेपाली चलचित्र निमार्णमा लाग्ने खर्च जति नै भएको बताउनु समेत बताउनु भयो । यस्तै चलचित्रको नायिका प्रियङ्का कार्कीले आफुलार्इ नयाँनयाँ भूमिकामा आउन मन पर्ने बताउँदै यस चलचित्रमा पनि नयाँ अनुभब गरेको बताउनुभयो यस्तै यस चलचित्रमा द्धन्द्ध, माया, गुण्डागर्दि, राजनीति सबै मिश्रितरूपमा रहेक बताउँदै यो चलचित्र दर्शकहरूले मानोरञ्जन गर्ने छन् भन्ने आशा लिएको बताउनु भयो । यस्तै निर्माता समिर सुनुवारले किन तपार्इले याे फिल्म बनाउनु भयाे भन्ने प्रश्नमा सुरज सुनुवारको कथा मन परेको र पहिले देखि चलचित्रको बारेमा कुरा भैरहने उल्लेख गर्दै कथालार्इ सुहाउँदो कलाकारको टोली बनाएको र सबैसँग सल्लाहा समेत लिएर चलचित्र बनाएको बताउनुभयो । यस चलचित्र निर्माणमा करोड माथिको खर्च भएको समेत जानकारी दिनु भयो ।कार्यक्रममा सबै कलाकारहरू, निर्माणता टोली, वितरक उपस्थित थिए ।चलचित्रमा अन्य कलाकारहरूमा अनुप बरालसौरमराज तुलाधरअजुर्न गुरुङ्नविन मानन्धर छन् । चलचित्रको कथा/सम्वाद र निर्देशक:-सुरज सुनुवारनिर्माता:- समिर सुनुवारशब्द र संगित- सुजेन्द्र डि कार्की, ब्याक ग्राउण्रड साउण्ड:- विनायक शाह,  क्यामेरामा :- नरेन्द्र मैनाली,  सम्पादन- निमेश श्रेष्ठनिर्माता प्रबन्धक- बुद्धिलाल मगर,  द्धन्द्ध निर्देशक- अष्ठ महर्जननृत्य निर्देशक- गोविन्द राईको रहेकोछ । चलचित्र वितरक पप्कनले चलचित्र चैत १३ मा देशका सबै हलमा एकैसाथ प्रदर्शन हुनेछ जानकारी दिएकाे छ। 


नितेश सुनुवार

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.