Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Entertainment

सुरज सुनुवारको नेपाली कथानक चलचित्र 'षडङ्ग' अन्तिम चरणमा

Saturday, 02.21.2015, 08:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ ९ फागुन ०७१

बगैँचा डटकम टकशोका शुरुवातकर्ता सुरज सुनुवार यतिवेला नेपाली कथानक चलचित्र ' षडङ्ग ' लिएर दर्शक माँझ आउने तयारीमा हुनुहुन्छ । सुरज सुनुवारको आफ्नै कथा र निर्देशनमा निर्मित चलचित्र लगभग समाप्त भएको जानकारी दिनु भएकोछ। चलचित्र षडङ्गमा पैसा र शक्तिका लागि हुने राजनीतिक चलखेल, माया र लोभ अनि यहिबाट हुने गुण्डागर्दि बारे केन्द्रित रहेको चलचित्र सुरज सुनुवारले बताउनु भयो । चलचित्र षडङ्गमा राजनीतिकका ६ दाउपेज विग्रह, ढुकाइ, आक्रमण, सन्धी, तटस्थता र शरण कसरी हुन्छन भन्ने कुरालाई देखाउन खोजिएकोछ ।चलचित्रमा मुख्य भूमिकामा सौगात मल्ललाई नयाँ अवतारको रुपमा देख्न पाइने भएकोछ ।उनले एक तराईबासीको भूमिका निर्वाह गरेको सुरजले बताउनु भयो । उहाँले भन्नु भयो ' सौगातलाई नयाँ अवतारमा ल्याएका छौँ र यस चलचित्रमा उनको लुट पछिको शसक्त भुमिका छ।' यस्तै नयाँ अवतारमा विजय लामा र प्रियङ्का कार्कीलाई समेत देखिनेछ भने हषिर्का श्रेष्ठलार्इ 'लविसवि चवि बेबी' नामक आइटम गीतमा डान्सरको रुपमा देखा पर्ने छिन । यस्तै चलचित्रमा अन्य कलाकारहरूमा अनुप बराल, सौरमराज तुलाधर, अजुर्न गुरुङ्, नविन मानन्धर छन् । चलचित्रको कथा/सम्वाद र निर्देशक:-सुरज सुनुवारनिर्माता:- समिर सुनुवारशब्द र संगित- सुजेन्द्र डि कार्की, क्यामेरामा :- नरेन्द्र मैनाली सम्पादन- निमेश श्रेष्ठ, निर्माता प्रबन्धक- बुद्धिलाल मगर,  द्धन्द्ध निर्देशक- अष्ठ महर्जन, नृत्य निर्देशक- गोविन्द राईको रहेकोछ । चलचित्रको बारेमा जानकारी गराउन यहि फागुन २५ गते निर्माता टोलीले प्रेसमिट गर्दै छ भने रिलिज चैत १३ मा हुनेछ ।  



नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top