Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > Entertainment

‘झुमा लिम्बुसँग मुन्धुम सङ्गीत’ सम्पन्न

Saturday, 02.21.2015, 08:32pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, ८ फागुन ०७१
झुमा  लिम्बुको ‘झुमा लिम्बुसँग मुन्धुम सङ्गीत’ सम्पन्न भएकोछ। शुक्रबार काठमाडौं शिल्पी थिएटरमा आफ्नो एकल गायन प्रस्तुति दिनु अघि उनले सुदूर पूर्वी गाउँमा जन्मर त्यही सिकेका संस्कृतिले सिकाएको सङ्गीत हो भन्दै उनले भनिन् ‘मानिस भएर यो धर्तीमा जन्म लिँदा नेपालको सुदूर पूर्वी गाउँको माटोलाई पहिलो चोटी छोएकी हुँ र त्यही माटोले सिकाएको संस्कृतिभित्रको सङ्गीतलाई खोजेर स्रोतासामु पुर्याउने जमर्को गरेको हुँ ।’ भनिरहँदा उपस्थित स्रोताको तालीले थिएटर गुन्जिएको थियो ।कार्यक्रममा झुमाले पालाम, ख्यालीमार्फत् सृष्टीदेखि प्रेम र विछोडसम्मका कथा सुनाइन् । गायनमा उनलाई मनु नेम्बाङ, देसु सुहाङ, विवश पयाङ्गु र लक्ष्मण लिम्बुले सघाएका थिए भने वाद्यवादनमा धनबहादुर गुरुङ, शम्भु बानिया, पारसमणि सुवेदी, उदय बेघा लिम्बु र विजय ताम्लिङ लिम्बुले साथ दिएका थिए । झुमाले भर्खरै मुन्धुममा आधारित ‘खासाम’ एल्बम पनि ल्याएकी छिन् ।


नाकिमा

Hot News

 

SEARCH

Newsletter

Top