Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > Entertainment

साङसोनको 'साकेन्वा' बजारमा

Wednesday, 04.30.2014, 10:44am (GMT+6.5)    | Comment | Print | Tell friend

१७ बुधबार, काठमाडौँ

गायक तथा संगीतकार मनोज साङसोनले आफ्नो एकल संगीत र गायनमा बान्तावा भाषाको गीति एल्बम 'साकेन्वा' बजारमा ल्याएका छन् । सोमबार राजधानीमा अन्वेषक तथा संगीतकार बुलु मुकारुङ, भाषाशास्त्री प्रा. नोवलकिशोर र्राई र जनगायक रामेशले एल्बमको विमोचन गर्नु भएको छ ।कार्यक्रममा मुकारुङले साङसोनको संगीतकर्म खारिएर आएको बताए । प्रा. र्राईले भाषासंस्कृतिमा काम गरेर मनोजले आफ्नो उर्बर समयलाई सार्थक बनाएको उल्लेख गर्नु भयो । जनगायकले चाहिँ संगीतकर्मीहरु देशका सेवक भएको र एल्बमका र्सजकले राई बान्तावा मातृभाषामा सांस्कृतिक लय समेत समेटेर निकालेको एल्बमले भाषासंस्कृति संरक्षण र प्रवर्द्धन गर्न उल्लेख्य भूमिका खेल्ने भएकोले र्सजकले राष्ट्रसेवा गरेको बताउनु भयो ।एल्बममा भुइँदल राई, जय शिवाहाङ, पदम वालाहाङ, मनोज रुङमाहाङ, निराजन बतास, रविन्द्र दिखुक्पा, अर्जुन दुङमेन र असिम दुङमालीका रचनामा ८ गीत समावेश छन् । सुखकला राई, लीला राई, प्रकाश प्रियदर्शी, शारदा राई र र्टार्जन राईको पनि यो एल्बममा स्वर दिएका छन् ।एल्बममा जननायक रामप्रसाद राईप्रति समर्पित दुई गीत समावेश छन् । विमोचन कार्यक्रमको आयोजना बुङ्वाखा मासिकले गरेको थियो ।

 


 

 

 


बाखा बान्तावा,कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top