Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > Entertainment

इशानी श्रेष्ठ मिस नेपाल २०१३

Wednesday, 03.20.2013, 10:39pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र ७, काठमाडौं

मिस नेपाल २०१३ काठमाडौं इशानी श्रेष्ठले जितेकी छन् ।राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार साँझ भएको अन्तिम स्पर्धामा १७ प्रतिस्पर्धीलाई उछिन्दै इशानीले मिस नेपालको ताज जितेकी हुन् । २१ वर्षीय इशानी ५ फिट ६ इन्च उचाई कि छिन ।उनी डेन्टिस्टकी छात्रा हुन् उनको रुचि चित्रकला, नृत्य र भ्रमण हो । फस्ट रनर अप सिन्धुलीकी रोजिशा शाही र सेकेन्ड रनर अप सृतिमा शाह भइन् । इशानीलाई पुर्व मिस नेपाल- २०१२ श्रृष्टि श्रेष्ठले ताज पहिर्‍याइन् । उनले मिस नेपाल- २०१३ को ताजसहित ५० हजार रुपैयाँ पाएकी छन् । श्रेष्ठले आगामी मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।यस्तै रोजिशा शाहीले ३५ र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पाइन् । सेकेन्ड रनर अप भएकी १९ वर्षीया रोजिशा बीबीए दोस्रो वर्षमा पढ्दै आएकी छन् । भारतको देहरादुनमा बीबीए तेस्रो वर्षमा पढ्दै आएकी २१ वर्षीया सृतिमा २१ वर्षकी छन् ।शाहीले मिस अर्थ र शाहले मिस एसिया प्यासिफिकमा सहभागिता जनाउन पाउने छन् ।परम्पराविपरीत यस वर्ष दुई महिनाअघि नै मिस नेपाल भएको हो । मिस वर्ल्ड २०१३ मा नेपालको प्रतिनिधित्व गराउन आयोजक द हिडेन ट्रेजरले यस वर्ष चाँडै मिस नेपाल गरेको हो । यस्तै अन्य टाइटलहरुमा मिस नेपालमा पोखराबाट प्रतिनिधित्व गरेकी भलिबलकी राष्ट्रिय खेलाडी सिपोरा गुरुङले मिस ट्यालेन्टको उपाधी जितिन् । सृतिमा शाहले मिस फोटोजेनिक, रिजु श्रेष्ठ मिस ब्युटिफुल स्माइल रिजु श्रेष्ठ, मिस बेस्ट वाल्क इशानी श्रेष्ठ, मिस पङ्चुआलिटी मेघना श्रेष्ठ र अस्मिता सिटौला पब्लिक च्वाइस उपाधी जितिन् ।यसपटक उपत्यका बाहिरका १३ जना सहभागी थिए ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top