Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > Entertainment

मिस मंगोल २०११को ताज सुम्निमा देवानलाई

Sunday, 03.13.2011, 07:34am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ, फागुन २७

मिस मंगोल २०११ सुम्निमा देवान हुनु भएको छ । एक्शन एन्टरटैनमेन्ट प्रा. लि.द्घारा आयोजित यस प्रतियोगितामा विभिन्न जिल्लाका २७ मंगोलियन महिलाहरुले भाग लिएका थिए । सनिबार काठमाडौँको प्रज्ञाप्रतिष्ठा कमलादीमा अपरान्ह २ बजे सुरु भएको कार्यक्रममा २७ सहभागिलाई पछि पार्दै सुम्निमा देवानले मिस मंगोलको ताज पाउन सफल हुनु भएको हो ।

कार्यक्रममा प्रमुख निर्णायकका रुपमा नेपालका चर्चित फोटोग्राफर राजभाई सुवाल हुनु हुन्थ्यो भने निर्णायकहरुमा आदिवासी चलचित्र संघका अध्यक्ष उदय सुब्बा, स्काई सपका अध्यक्ष राजन श्रेष्ठ, गायक धिराज राई, भिएस निकेतका असिस्टेन्ट संगिता श्रेष्ठ, सञ्चारकर्मी भरत शाक्य र सुभम अधिकारी रहनु भएको थियो । महिलाका बच्चा, छोरी, श्रमति, आमाका चार अवस्थामध्ये तपाई कुन भुमिका निर्वाह गर्न चाहानु हुन्छ र किन प्रमुख निर्णायकद्घारा सोधिएको अन्तिम प्रश्नमा यी चार अवस्था मध्ये आमासँग जीवनका अनुभवका साथैँ जुन सुकै अवस्थामा पनि आफ्नो परिवार र समाजप्रति अग्रसर गराउन सक्ने क्षमता रहने भएकाले म आमाको भूमिका निर्वाह गर्न चाहान्छ भन्दै कन्टेस्टन नम्बर १३ कि सुम्निमा देवानले मिस मंगोल २०११ ताज पाउन सफल हुनु भएको हो । यस्तै गरेर सेकेन्ड रनर अपमा कन्टेस्टन नम्बर १४ सुषमा लामा र फस्ट रनरअपमा कन्टेस्टन नम्बर ११ कि मनिता गुरुङ हुन सफल हुनु भएको छ ।

यस्तै गरेर अन्य सबटाईटलमा मिस स्माइलमा अस्मिता थापामगर, बेस्ट स्किनमा सविता सोदेम्वा, बेस्ट हेर गुराँस लिम्बू, फ्रेन्डसिपमा सिम्रन गुरुङ, मिस फोटोजेनिक सञ्जु गुरुङ, मिस पर्सनालिटि सुम्निमा देवान, मिस डिसिपिलिन विमुना शाक्य, पब्लीक चोइस सुषमा लामा र मिस ट्यालेन्ट रोजी शेर्पाले जितेका छन् । प्रतियोगितामा २७ प्रतियोगिहरुबाट उत्कृष्ट १० छान्दै उत्कृष्ट ५ बाट विजेताहरु घोषणा गरिएको थियो । यसै क्रममा गत वर्षका सहभागिलाई प्रिभिअस् ट्यालेन्ट अवार्ड समेत दिइएको थियो । एक्शन एन्टरटैनमेन्ट प्रा.लि. ले २००९ बाट सुरु गरेको यो प्रतियागिता पहिला मिस मंगोल सृष्ठि राजकर्णिका हुनु भएको थियो भने २०१० मा वर्षारानी गुरुङ हुनु भएको थियो ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top