Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
Home > News > Economy

५ मिलियनको लागतमा बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस संचालनमा

Tuesday, 09.20.2016, 11:26pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा

     १६ सेप्टेम्बर, हङकङ– सम्भवतः हङकङकै इतिहासमा नेपालीहरुद्धारा सबै भन्दा ठूलो सामूहिक लगानीमा जोर्डन स्थित ह्याडन प्यालेसको १ तलामा “बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस” संचालनमा आएको छ ।
    हङकङबासी व्यावसायी, सामाजिक व्यक्तित्व तथा पत्रकारहरुको बाकुलो उपस्थिति बीच भव्यताका साथ एक्जुकेटिभ ओपनिङ सेरोमनी कार्यक्रम गर्दै करिब ५ मिलियन हङकङ डलरको लागतमा संचालनमा आएको उक्त रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस भव्य बार तथा स्टेजका साथ १८० जना सिट क्षमताको रहेको संचालन समितिका अध्यक्ष नरेश सुनुवारले बताए ।
    संचालन समितिका अध्यक्ष नरेश सुनुवारको अध्यक्षतामा सम्पन्न छोटो औपचारिक कार्यक्रमका प्रमुख अतिथि साहित्यिक भ्रमणको शिलशिलामा हङकङ आएका वरिष्ट कवि, गीतकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति भूपाल राई रहेका थिए । त्यस्तै गरि विशेष अतिथिमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष लव कुमार गुरुङ थिए भने अन्य अतिथिहरुमा एन.आर.एन. हङकङका अध्यक्ष  ललित सुब्बा, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ र आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष एम.बि. थापामगर रहेका थिए ।
     बगैचाका सि.ई.ओ. शशीमदन राईद्धारा उक्त रेष्टुरेण्ट तथा ग्राहकवर्गमा त्यसले दिने सेवाहरु बारे जानकारी दिदै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि भूपाल राई लगायत अन्य अतिथिहरु लव कुमार गुरुङ तथा ललित सुब्बाद्धारा शुभकामना मन्तव्य राख्ने क्रममा हामी नेपालीहरु हङकङमा लेबर र सेक्युरिटी गार्डको काम मात्रै गर्दैनौं व्यापार ब्यावसायको क्षेत्रमा पनि विस्तारै अगाडी बढदै छौ र अझ त्यस माथि धेरै जनाको तन, मन र धन मिलाएर सामूहिक लगानी गरेर  बगैचा ग्रुपले उदाहरणीय कार्य गरेकोमा प्रशंसा सहित शुभकामना व्यक्त गरेका थिए । 
       नेपाली, इण्डियन, चाइनिज, कोरियन, थाई लगायत विविध प्रकारका वेष्टर्न परिकारहरु समेत पाइने उक्त रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा बिवाह, ब्रतबन्ध, पास्नी, वर्थडे, कम्पनी पार्टीका लागि बुकिङका साथै पारिवारीक वातवरणमा विभिन्न खानाहरुको श्वाद समेत लिन सकिने रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसका म्यानेजिङ डाइरेक्टर हरिचन्द्र राईले बताए ।  Pic by Zap studio





Hot News

 

SEARCH

Newsletter

Top