Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > Economy

क्यानर् इफोटेक आजबाट

Friday, 01.29.2016, 12:39pm (GMT+6.5)    | Comment | Print | Tell friend

कम्प्युटर एसोसिएसन महासंघक्यानको आयोजनामा सुविसु क्यान इन्फोटेक आजबाट सुरु हुँदै छ । काठमाडौंको भृकुटि मण्डपमा संचालन हुने मेला आज देखि २० सम्म सञ्चालन हुनेछ । इन्फोटेकमा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा राखिने छ भने हलबाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहनेछन् । त्यसैगरी  ट्रसमा १ सय ४, ओपन स्पेस १४ र फुड स्टल ५ गरी १ सय ७५ स्टलले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्टि्रब्युर्टस, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य प्रविधिका स्टल रहनेछन् । मेला अवलोकनका लागि र्सवसाधारणलाई प्रवेश शुल्क १ सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । आयोजकले माघ १७ लाई बिजनेस डेका रूपमा घोषणा गरेको छ । सो दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकनकर्ताका लागि १ सय तोकिएको छ । माघ १७ मा विशेषगरी विजनेस हाउसले व्यापार प्रवर्द्धनका लागि विभिन्न डिलर र भेन्डरसँग प्रत्यक्ष रूपमा बिजनेस डिल गर्न सक्ने क्यानले जनाएको छ ।


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top