Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Economy

नाट्टाको अध्यक्षमा मधुसूदन आचार्य र वरिष्ठ उपाध्क्षमा सिएन पाण्डे निर्वाचित

Monday, 01.18.2016, 02:20pm (GMT+6.5)    | Comment | Print | Tell friend

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाको अध्यक्षमा मधुसूदन आचार्य र वरिष्ठ उपाध्क्षमा सिएन पाण्डे निर्वाचित हुनु भएको छ । नाट्टाको ५२औँ वाषिर्क साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट आचार्य समूह प्यानलसहित निर्वाचित हुनु भएको हो । आचार्यले निकटतम दुर्इ प्रतिस्पर्धी मिहिका धाख्वा र शम्भू पाठकलाई पछि पार्दै १९१ मतले विजयी हुनुभएका हो । धाख्वाले १६४ र पाठकले ५७ मत प्राप्त गर्नुभएका छन् । निर्वाचन अधिकृत देवीप्रसाद भट्टर्राईका अनुसार नाट्टामा ४५४ मतदाता रहेकामा ४३२ मत खसेको थियो । प्रथम उपाध्यक्षमा सिएन पाण्डे, द्वितीय उपाध्यक्षमा डिके शर्मा, महासचिवमा भीमप्रसाद पन्त, सचिवमा सुधीर उपाध्याय, कोषाध्यक्षमा चित्र गुरुङ, सहकोषाध्यक्षमा सविता केसी भट्टर्राई विजयी हुनु भएको हो । नाट्टाका निर्वाचित अध्यक्ष आचार्यले संस्थागत सुदृढीकरणका साथै परिणाममुखी काम गर्ने बताउँनु भयो । उहाँले ट्राभल मार्टलाई र्सार्कस्तरीय बनाई बढी विदेशी पर्यटक भिर्त्याउन योजनाबद्ध ढङ्गले लाग्ने प्रतिवद्धता व्यक्त गुर्न भएको छ ।


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top