Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > Economy

जलविद्युत् कम्पनीको सेयर बाँडफाँड आज हुँदै

Wednesday, 01.13.2016, 11:51am (GMT+6.5)    | Comment | Print | Tell friend

नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयरको आज बाँडफाँड गर्ने भएको छ । कम्पनीको पुँजी वृद्धि गर्ने योजनाअनुसार गत कात्तिक १२ गतेदेखि १९ गतेसम्म र्सवसाधारणका लागि निष्कासन गरिएको थियो । कम्पनीको प्रमुख बिक्री प्रबन्धकमा कोष र सहप्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड र एनएमबी क्यापिटल रहेका थिए । कम्पनीले दुर्इ लाख कित्ता सेयर नागरिक तहमा वितरण गरेको थियो । दुर्इ अर्बका लागि आहृवान गरिएको साधारण सेयरमा ४० अर्बभन्दा बढीको आवेदन परेको थियो । कोषले साधारण सेयरमा आवेदन गर्ने प्रायः सबैलाई न्यूनतम् सेयर प्रदान गर्ने जनाएको छ । आज बिहान एक र्सार्वजनिक समारोहको आयोजना गरेर सेयर बाँडफाँड बारे जानकारी दिइने उपव्यवस्थापक रोशनजङ्ग कार्कीले जानकारी दिनुभयो । कोषका अनुसार ठूला लगानीकर्तालाई ६० प्रतिशत र साना लगानीकर्तालाई ४० प्रतिशतको दरले वितरण गरिनेछ । 


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top