Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Economy

वैदेशीक रोजगार विभागको टोली मलेशीया जांदै

Tuesday, 01.12.2016, 04:10pm (GMT+6.5)    | Comment | Print | Tell friend

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मलेसियाको भ्रष्टाचार निवारण संस्था एन्टी करप्सन कमिसनसंग समझदारी एम.ओ.यु. गर्ने भएको छ । करिब ६ लाख नेपाली रहेको मलेसियामा नेपाली कामदारले भोगेका समस्या अन्त्यका लागि उक्त सम्झौता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव जीवनप्रकाश सिटौला सहित चार जना र श्रम विभागका महानिर्देशक केदार बहादुर बोगटी र बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले आज बेलुकी नौ बजे मलेसिया जाने कार्यक्रम छ । मलेशीयामा रहेका नेपाली  श्रमिकको समस्या बुझन अख्तियारका अधिकारीका साथ विभाग र बोर्डका प्रमुख क्वालालाम्पुर जान लागेको अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले बताउनुभयो । टोलीले समस्या समाधानका लागि त्यहाँका कर्मचारी र सरकारी अधिकारीसंग छलफल गर्नेछ । अख्तियारले वैदेशिक रोजगारको क्षेत्रमा बेथिति बढेको भन्दै त्यसमा सुधार गर्न कडा कदम चाल्ने चेतावनी दिंदै आएको छ । अख्तियारले कतार, मलेसिया र सिंगापुरको श्रम बजारमा गरेको अध्ययन भ्रमणको प्रतिवेदन पहिले नै र्सार्वजनिक गरिसकेको छ ।
 
यसैविच चिनियाँ कम्युनिष्टी पार्टी तथा चीनको वन मन्त्रालयको निमन्त्रणामा बेइजीङ् पुग्नुभएका वन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटाले आज जैविक विविधता संरक्षण क्षेत्रमा पारस्परिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुहुने भएको छ । वेइजीङ्मा रहंदा उहांले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय नेतासंग पनि औपचारिक छलफल गर्ने कार्यक्रम रहेको छ । हिजो ३ दिने भ्रमणका क्रममा मन्त्रालयका कर्मचारी सहित बेइजिङ जानुभएका एमाओवादी स्थायी समिति सदस्य सापकोटा भोली स्वदेश फर्किने तालिका छ ।


बगैचा डट कम

Hot News

 

SEARCH

Newsletter

Top