Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Articles

चिनिया फूल पसले र नेपालीहरूको अन्तिम श्रद्धान्जली

Saturday, 08.05.2017, 10:08am (GMT+6.5)    | Comment | Print | Tell friend

दिनेश सुब्बा

हङकङको जोर्डनस्थित रिक्लामेसन स्ट्रीट स्थित प्रसिद्ध सब्जी बजारको एक फूल पसलमा आजभोली चिनिया पसलेले हरेक आईतबार प्रति गुच्छा दश डलर पर्ने भारिकाभारी फूलका गुच्छाहरू बग्रेल्ति राखेका हुन्छन।उसलाई के हेक्का छ भने प्रत्येक आईतबार कोही न कोही नेपालीको अन्तिम श्रद्धान्जली हुने गर्दछ । र यसै कारण उनको फूलको ब्याबसय फलिफाप हुँदै आईरहेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ।

केही समय अगाडी जोर्डन फेरि स्ट्रीट निबासी बालिका ईक्सामा लिम्बुको अन्तिम श्रद्धान्जली आईतवारका दिन उक्त फूल पसलमा फूल किन्न नेपालीहरूको भिड लागेको थियो। कसले कति गुच्छा उठायो रु उसलाई गन्न फुर्सद थिएन।पैसा थाप्न भ्याई नभ्याई थियो। हजारौं नेपालीहरूको मनमा पिडाको कालो बादल मडारिरहेको बखत उसलाई भने यो घडी उनको मनमा बादल फाटेर घमाईलो भैरहेको छनक उनको अनुहारमा स्पष्ट झल्किरहेको कान्तिले बताईरहेको थियो। खैर १ यसमा हाम्रो केही पनि शिकायत गर्ने ठाँउ छैन।शेक्सपियरले भने झै यो सन्सारको रङ्गमन्चमा सबैले आ-आफ्नो नाटक गर्ने भूमिका त निर्बाह गर्नै पर्दछ।

तर मलाई के गज्जब लाग्छ भने चिनियाहरू हामीलाई यसो भन्ने गर्छनू तिमीहरू यस्तोरतेस्तो ठाँउबाट आएको।हङकङले तिमीहरूलाई धेरै थोक दिएको छ। हो हामी यो कुरा स्विकार्छौ, हामीलाई पक्कै पनि केही दिएको छ हङकङले।तर हामीबाट पनि त उसले धेरै लिएको छ । मागे संक्रान्तिमा तरुल बेच्नँ उनिहरू एकहप्ता अघिदेखि हानथाप गरिरहेका हुन्छन्।हाम्रो उपस्थिति पातलो भएको बेला हुमसाई छिना (निशुल्क) पर्ने अर्थात फोहोरको कन्टेनरमा फालिने सुंगुरको रगत र आन्द्रा हाम्रो रोजाईमा परेको छनक पाए पछि मूल्य बढाउदै खल्ती भारी बनाईरहेकै छन।उनिहरूलाई मन नपर्ने कुखुराको भाले हामीले केज रित्तिने गरि उठाईदिए पछि चिनियाँ कुखुरा ब्यापारीहरूको सुदिन फिरेकै छ।फ्रोजन मासुपसलको त के कुरा गर्ने रु शुरूवातको दिनहरूमा हामीलाई देख्दा साईत नै बिग्रेको जस्तै गरेर मुख बिगार्दै आँखा तर्ने चिनियाँ कान्छा- कान्छीहरू आजकल हसिलो हुँदै चौसान ९नमस्ते० मात्रै हैन हाम्रै नेपाली भाषामा 'नमस्ते' फर्माउछन।हामीलाई मासु किन्दा पोलेको छाला मन पर्ने रहस्य थाहा पाए पछि मोलमोलाइ पश्चात नेपाली भाषामै पोलिदिन्छु है भन्दै ग्यास पाईप सल्काएर पोल्न आतुर हुन्छन।मासु र पेय पर्दार्थको सेवनबाट हामी मात्र मोटाएका छैनौं मंकी हिलको बदेल र बाँदर पनि मोटाएको दाबी छ।(बाँदरले त मासु खादैन, तर कोक बियर भने खोसि खोसी पिईदिन्छ)।भालेको अण्डाबिना हाम्रो मेन्यु अधुरो नै हुन्छ।

यी झिना मसिना कुरा अलावा हाम्रो लगानी यतै टन्नै भईराखेको अवस्था छ।हामीले तिर्ने कर थोरै छैनन्।धनाड्यहरूको सुरक्षाको ठेक्का कसले लिने रु  एउटा साङ्ले किरा देख्दा तर्सेर पाँच फिट पर भाग्ने यहाँको बोईलर चाईनिजहरूले के आंट देखाउलान र सुरक्षाको ठेक्का लिन रु आफ्नो मालिकको अपहरण गर्ने पारीको चाईनिजले नै गर्छन। १५६ बर्ष बेलायतीहरूले मानवअधिकार र प्रजातन्त्रको पाठ पढाएका यहाँका चिनियाहरू नेपाली, पाकिस्थानी, ईन्डियन, कालो बर्गका छाला देक्दा 'हऊ छाववा' (कति नमिठो गन्हाएको) भन्दै छिछी दुरदुर गर्छन।यहाँको लिका सिङ (सर्बाधिक धनी ब्यक्ती) हरूले त दोब्बर तलब दिनु पर्ने हो हामी गोर्खाहरूको कडा परिश्रम, ईमानदारीता र दक्षता देखेर।बिकाशको चरम चुलीमा पुगेको हङकङको पूर्वधारहरूमा नेपाली परिश्रमको योगदानको मुल्याङकन त यहाँका ब्युरोक्र्याट्सलाई पो थाहा छ त। बिचरा त्यो छुचो चिनियाहरूलाई के थाहा ?  दाँत कोट्याउदै 'तिऊले--बु'..का छाउ हाई भन्दै पाडे गाली गर्नु सिवाय।

सम्भवत त्यो फूल पसले चिनियालाई नेपालीहरूको अन्तिम श्रद्धान्जलीको दिनहरूले उसको व्यसायमा फलिफाप भएको कुरामा दुई मत छैन ।बितेका केही हप्ता अगाडि हामीले एक हप्तादिन भित्र चार नेपाली जनहरू गुमायौ। हामी जति जति जन गुमाउछौ, उतिउती त्यो चिनियाँ फूल व्यापारी पोसाउदै जान्छ। सायद उसले यसरी नै दिनका दिन नेपालीहरू घाटमा पुगिरहोस भन्ने कामना गर्दो हो। धन देख्दा महादेबको त तीन नेत्र बल्छ रे आखिर यी चिनियाँ मनि माईन्डेडहरू हामीलाई बाह्र हातको टागाले नभेट्ने दुरि राख्छन। तर म भने यो जुन तिब्र गतिमा नेपाली समुदायमा अन्तिम श्रद्धान्जली भईराखेको छ त्यो नहोस भन्ने मनमनै ईश्वरसँग प्रार्थना गर्दछु।

अन्तमा हामीले जसरी आफ्नो पृयजनहरू गुमाइरहेका छौ, त्यसको सम्भावित कारणहरू पत्ता लगाई त्यसबाट पाठ सिकेर भविष्यमा हुन सक्ने त्यो बिपदलाई टार्न भरमग्दुर कोसिस गरौं। जनचेतना जगाउँ।साथै जसरी नानी ईक्सामाको दुस्खद घडीमा आत्मसात गर्दै हामी एकत्रित भयौं त्यसरी हामि बिच हरेक दु:ख र सुखमा जुट्न सकौं।

स्वर्गीय नानी ईक्सामा लगायत जीवन गुमाएका अन्य पृयजनहरू प्रति हार्दिक श्रद्धान्जली !

 

(स्तम्भकार हाल हङकङ निवासी दिनेश सुब्बा सङ्गित साधक तथा नेपाली संगीत जगतका वरिष्ठ संगीतकार हुन)


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top