इराक जान लगाइएको प्रतिबन्ध फुकुवा, नयाँ प्रक्रिया अघि बढाइने
Wednesday, 07.28.2010, 11:20pm
काठमाडौं । सरकारले इराकमा नेपाली कामदार जान लगाएको प्रतिबन्ध बुधबार फुकुवा गरेको छ ।
श्रममन्त्रालयमा बुधबार गरिएको पत्रकार सम्मेलनमा श्रम-प्रवक्ता पूर्णचन्द्र भट्टराईले इराकमा नेपाली कामदार जान लगाएको प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएका हुन् । इराकस्थित अमेरिकी कम्पनीमा कार्यरत ४० हजारभन्दा बढी नेपाली कामदारलाई वैध तवरले काम गर्ने बाटो खोलिदिन सरकारले प्रतिबन्ध फुकुवा गरेको हो......
|
|
 |
प्रधानमन्त्रीमा कुन दललाई समर्थन गर्ने भन्नेबारे मधेसी मोर्चा अन्योलमा
Wednesday, 07.28.2010, 11:19pm
काठमाडौं । मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले १७ गते हुने प्रधानमन्त्रीको चुनावमा आफूहरू तटस्थ नबस्ने बताएका छन् ।
कामाडौंमा बुधबार भएको कार्यक्रममा फोरम अध्यक्ष यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुनै पनि एक दललाई समर्थन गर्ने भन्दै तटस्थ नबस्ने बताए । यसअघि दुईपटक चुनाव हुँदासमेत मोर्चा र नेकपा एमाले तटस्थ बसेपछि नयाँ प्रधानमन्त्रीको टुंगो लाग्न सकेको छैन । व्यवस्थापिका-संसद्मा साउन १७ गते तेस्रो पटक प्रधानमन्त्रीको चुनाव हुन लागेको हो......
|
|
 |
मञ्चबाट बाहिरिएको समूहबाट नयाँ दल दर्ता
Wednesday, 07.28.2010, 11:17pm
काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बाहिरिएको लक्ष्मण थारूको समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेको छ ।
थारूको अध्यक्षतामा ३८ जना केन्द्रीय पदाधिकारी तथा सदस्य रहने गरी संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी नामको दललाई आयोगले मंगलबार स्वीकृति दिएको हो । योसमेत निर्वाचन आयोगमा दर्ता भएका दलहरूको संख्या ७५ पुगेको छ......
|
|
 |
पूर्वराजा ज्ञानेन्द्रका अंगरक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, १७ जना घाइते
Monday, 07.26.2010, 11:38pm
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका अंगरक्षकले सोमबार पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । प्रहरीले बल प्रयोग गर्दा १७ जना घाइतेसमेत भएका छन् ।
पूर्वराजा शाहको प्रतिक्रिया लिन खोज्दा उनका अंगरक्षकले भक्तपुरको चितपोल ७ मा पत्रकारमाथि दुर्व्यवहार गरेका हुन् । ज्ञानेन्द्र भक्तपुरकै चितपोल ७ स्थित लटरम्बेश्वर महादेव मन्दिर निर्माणका लागि भएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सहभागी हुन त्यहाँ पुगेका थिए......
|
|
 |
मिस लिटल आइडल २०१० हुने
Monday, 07.26.2010, 11:37pm
साउन १०, काठमाडौं । एक्सन इन्टरटेन्मेन्ट प्रा. लि.को आयोजनामा मिस लिटल आइडल २०१० हुने भएको छ । एक्सन इन्टरटेन्मेन्ट प्रा. लि. ले २००९ देखि सुरु गरेको मिस लिटल आइडल थियो, भने यस प्रा.लि. ले मिस मङ्गोल पनि आयोजना गर्दै आएको छ । बाल्य अवस्थादेखि नै विभिन्न ज्ञान, सिप, कला आदिको विकासका निम्ति आत्मबल, ज्ञान र उनीहरुमा भएको प्रतिभालाई बढवा दिने उद्देश्यले गर्न लागिएको यस प्रतियोगिमा काठमाडौं उपत्यका भित्रका विभिन्न विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत बालिहरूले सहभागिता जनाएका छन्......
|
|
 |
मधेसी मोर्चा मधेस प्रदेशसहितका माग पूरा गराउने ध्याउन्नमा
Sunday, 07.25.2010, 11:38pm
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा स्वायत्त मधेस प्रदेशसहितका आफ्ना माग पूरा गराउने कसरतमा लागेको छ ।
प्रधानमन्त्रीमा बहुमत जुटाउनका लागि एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले मोर्चाको समर्थन खोजेपछि ऊ आफ्नो माग पूरा गराउने कसरतमा लागेको हो । नेकपा एमाले र मोर्चा तटस्थ बसेकाले दोस्रो चरणको चुनावमा पनि प्रधानमन्त्रीको टुंगो नलागेपछि माओवादी र कांग्रेस बहुमत जुटाउने प्रयासमै छन् । माओवादी र कांग्रेससँग आइतबार भएको छुट्टाछुट्टै छलफलमा प्रधानमन्त्रीका लागि समर्थन गर्न आग्रह गरेपछि मोर्चाले लिखित प्रतिबद्धता माग गर्यो......
|
|
 |
आदिवासी जनजाति महासंघ हङकङद्वारा जानकारी सभा सम्पन्न
Saturday, 07.24.2010, 11:36pm
२३ जुलाई २०१० हङकङ आज आदिवासी जनजाती महासंघ हङकङले काउलूनको जोर्डन स्थित मगर संघको कार्यलयमा एक कार्यक्रम आयोजना गरी पत्रकारहरु माझ जानकारी सभा सम्पन्न गरेको छ । १६ औं विश्व आदिवासी दिवश विभिन्न कार्यक्रमको आयोजनागरी भव्यताका साथ मनाउने योजनासंगै महासंघले आगामी दिनहरुमा गरिने भावि कार्यक्रमको तालिका समेत सर्वजनकि गरेको छ......
|
|
 |
नयाँ प्रधानमन्त्री चयन हुन नसकेकोमा राष्ट्रपतिको चिन्ता
Saturday, 07.24.2010, 11:09pm
काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नयाँ प्रधानमन्त्री चयनका लागि दलहरूबीच सहमति कायम हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री माधव नेपालसँग शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति डा. यादवले चिन्ता व्यक्त गरेका हुन् । दुईपटक अवसर दिँदा पनि सहमति जुटाउन दलहरू असफल भएपछि राष्ट्रपतिले बहुमतीय सरकार गठनको प्रक्रिया थाल्न व्यवस्थापिका-संसदलाई पत्राचार गरेका थिए......
|
|
 |
नयाँ प्रधानमन्त्री चयन थप अनिश्चिततातर्फ, तेस्रो पटक पनि मतदान हुने
Friday, 07.23.2010, 11:53pm
काठमाडौं । व्यवस्थापिका-संसदमा कुनै पनि उम्मेदवारले बहुमत जुटाउन नसकेपछि नयाँ प्रधानमन्त्री चयन थप अन्योलमा परेको छ ।
संसदमा शुक्रबार भएको दोस्रो चरणको मतदानमा पनि प्रधानमन्त्रीका प्रत्याशी एकीकृत नेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका रामचन्द्र पौडेलको पक्षमा बहुमत नजुटेपछि अन्योल थपिएको हो । दुई तिहाइ मत नपुगेको भन्दै पहिलो चरणको चुनावबाटै आफ्नो उम्मेदवारको प्रस्ताव फिर्ता लिएको नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा शुक्रबारको मतदानमा पनि तटस्थ बसेपछि दाहाल र पौडेलको उम्मेदवारीको प्रस्ताव बहुमतले अस्वीकृत भयो......
|
|
 |
माओवादी र कांग्रेस बहुमतकै कसरतमा, एमाले सहमतिको अडानमा
Thursday, 07.22.2010, 11:04pm
काठमाडौं । व्यवस्थापिका-संसदमा शुक्रबार हुने चुनावबाट पनि नयाँ प्रधानमन्त्रीको टुंगो लाग्न नसक्ने भएको छ । प्रमुख दलहरू आआफ्नै अडानमा रहेपछि नयाँ प्रधानमन्त्री चयन अझै अनिश्चित बन्दै गएको हो ।
एकीकृत नेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका रामचन्द्र पौडेल प्रधानमन्त्रीका लागि चुनावी मैदानमा छन् । दुवै दलले आआफ्नो पक्षमा बहुमत जुटाउन बिहीबार दिनभर आन्तरिक तथा विभिन्न दलसँग छलफल गरे । कांग्रेसले आफ्नो उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा बहुमत जुटाउन बिहीबार साँझ संविधानसभाका सबै दललाई पत्राचारसमेत गरेको छ......
|
|
 |
बहुमत नआएपछि बुधबार प्रधानमन्त्रीको टुंगो लागेन, एमालेद्वारा उम्मेदवारी फिर्ता
Wednesday, 07.21.2010, 09:49pm
काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका-संसदमा फेरि चुनाव हुने भएको छ ।
बुधबार भएको मतदानमा कसैले पनि स्पष्ट बहुमत नल्याएपछि फेरि प्रधानमन्त्रीको चुनाव हुने भएको हो । एकीकृत नेकपा माओवादीका पुष्पकमल दाहाल र नेपाली कांग्रेसका रामचन्द्र पौडेलको पक्षमा बहुमत जुट्न सकेन । नेकपा एमालेका झलनाथ खनालको उम्मेदवारी भने प्रस्तावक माधव नेपालले पार्टीको निर्णयअनुरूप दुईतिहाइ नपुगेको भन्दै फिर्ता लिएका थिए । संसदमा मतदानका क्रमा प्रधानमन्त्रीका प्रत्याशी माओवादीका दाहालको पक्षमा २ सय ४२, विपक्षमा १ सय १४ र तटस्थमा २ सय ३६ मत परेको थियो......
|
|
 |
प्रधानमन्त्रीका लागि माओवादी, कांग्रेस र एमालेद्वारा छुट्टाछुट्टै उम्मेदवारी
Tuesday, 07.20.2010, 11:04pm
काठमाडौं । बुधबार हुने प्रधानमन्त्रीको चुनावका लागि तीन ठूला दलले मंगलबार छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।
एकीकृत नेकपा माओवादीका तर्फबाट पुष्पकमल दाहाल, नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट झलनाथ खनालले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । दाहालको प्रस्तावकमा डा. बाबुराम भट्टराई, समर्थकमा नारायणकाजी श्रेष्ठ छन् भने पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, समर्थकमा केबी गुरुङ छन् । त्यस्तै गरी खनालको प्रस्तावकमा माधव नेपाल, समर्थकमा विष्णु पौडेल छन्......
|
|
 |
सरकारको नेतृत्व नपाए माओवादीले एमालेलाई समर्थन गर्ने
Tuesday, 07.20.2010, 12:50am
काठमाडौं । एकीकृत नेकपा माओवादीले आफ्नो दलको नेतृत्वमा सरकार गठन हुन नसक्ने अवस्था आए नेकपा एमालेलाई समर्थन गर्ने भएको छ ।
पार्टी कार्यालय कोटेश्वरमा सोमबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसका कारण सहमतीय सरकारको सम्भावना समाप्त भएको निष्कर्ष निकालेको छ......
|
|
 |
अप्रवासी समुदायलाई २ दिने तालिम
Monday, 07.19.2010, 02:36pm
जुलाई १८ तारिक २०१० का दिन Enrich Personnel Devlopment Limited को आयोजनामा अनि हङकङ जक्की क्लब र क्रिश्चीयन एक्सन च्यारीटि ट्रस्टको सहयोगमा हङकङमा रहेको अप्रवासी समुदायलाई २ दिने कोर्षको तालिम जोर्डनको क्रिश्चीयन एक्सन लिकोङ कर्मसीयल बिल्डीङमा सम्पन्न गर्यो । सो कोर्षमा नेपाली घरेलु कामदारहरुले सहभागिता जनाएका थिए........
|
|
 |
चैत महिनाभित्र संविधान लेखिसक्ने गरी नयाँ कार्यतालिका ल्याइयो
Sunday, 07.18.2010, 08:08pm
काठमाडौं । संविधानसभाले आगामी चैत मसान्तसम्म नयाँ संविधान लेखिसक्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।
नयाँबानेश्वरस्थित संविधानसभा भवनमा आइतबार बसेको संविधानसभा बैठकमा नयाँ कार्यतालिका सर्वसम्मतिले पारित भएको हो । सभाध्यक्ष सुवास नेम्बाङले प्रस्ताव गरेको संविधानसभाले काम गर्न नसकेको सांढे पाँच महिना कटाएर २९ महिना अर्थात् एक सय २६ हप्ते कार्यतालिका सर्वसम्मति जुटेको थियो । यसअघि आइतबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यतालिका तय गरेको थियो......
|
|
 |